एटिएम अटेम्प्ट काण्ड: १४ लाख लुटेका तामाङ एक महिनापछि पक्राउ
पाेखरा | भदौ ५, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका २६ स्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले नवलपुर देवचुली नगरपालिका ५ घर भइ हाल पोखरा महागनर ३० बस्ने २१ वर्षिय अनिश तामाङलाई लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अनुसार पक्राउ परेका तामाङले गत साउन २ गते एटिमए फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ लुटेका थिए ।
उनले एनएमबी बैंको एटिएम फोडेर पैसा लुटेपछि तालचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएममा समेत अटेम्प्ट गरेका थिए ।
उनले पक्राउ परेका तामाङलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताए । एसपी केसीका अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम फोड्ने प्रयास भएको छ ।



काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

